
पोखरा, २ भदौ । मंगलवार सुनको भाउ पुनः बढेको छ । सोमवारको तुलनामा तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय तोकिएकोमा २२ सयले बढेर मंगलवारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य १ लाख ४ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै मंगलवारको तुलनमा तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सोमवारको तुलनामा मंगलवार चाँदीको भाउ पनि ६५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलवार एक हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।