एकैदिन १०१६ जना कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा अहिलेसम्मकै यो संख्या सबैभन्दा बढी संक्रमण हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म १० हजार ५ सय ६३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा १३ हजार ९ सय २६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: