
पोखरा, २ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलवार थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ११४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १/१ जना गरी ६ जना पुरुष र तनहुँका १ महिला गरी थप ७ जनाको मृत्यु भएको हो ।

