जापानमा थपिए ९०२ कोरोना संक्रमित, १६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगष्ट १८ । जापानमा मंगलबार थप ९ सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा संक्रमित संख्या ५७ हजार ७ सय ६१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५८ हजार ४ सय ७३ जना पुगेको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

राति १० बजेसम्मको अपडेट अनुसार ओसाकामा छ जना, टोकियो, फुकुओकामा तीन(तीनजना, आईची, साईतामा,कुमामोतो र मियागी प्रान्तमा एक/एक जना गरी १६ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार १ सय ३५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार १ सय ४८ जना पुगेको छ । त्यसैगरी ४२ हजार २ सय ८४ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४२ हजार ९ सय ४३ जना निको भएका छन्।

संक्रमित मध्ये २ सय ४३ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १८ हजार ८२ जना पुगेको छ । यहाँ २ सय सात जना संक्रमित थपिए भने हालसम्म ३ ४४ जनाको मृत्यु भएको छ । ओसाकामा संक्रमितको संख्या ७ हजार १ सय एक पुगेको छ भने हालसम्म १ सय १७ जना पुगेको छ ओसाकामा १ सय ८५ जना संक्रमित थपिए ।

त्यसैगरी खानागावामा ८४, आईचीमा ५७,फुकुओकामा ४५ जना संक्रमित थपिए । खानागावामा ३ हजार ९ सय ८७,आईचीमा ३ हजार ८ सय ४८, फुकुओकामा ३ हजार ७ सय २८ जना पुगेको छ ।

त्यस्तै साईतामामा २४, चिबामा ३८, ह्योगोमा २५, होक्काईदोमा छ, ओकिनावामा ३३ र क्योतोमा २६ जना संक्रमित थपिए । साईतामामा ३ हजार २ सय ७७, चिबामा २ हजार ५ सय १८, ह्योगोमा १ हजार ९ सय ४९, ओकिनावामा १ हजार ६ सय ८९,होक्काईदोमा १ हजार ६ सय ३८ र क्योतोमा १ हजार १ सय ६४ जना पुगेको छ ।