
पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८८ जना पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा तनहुँ, गोरखा, बागलुङ, धादिङ र नवलपुरको गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
आज संक्रमण पुष्टि भएकाहरुमा तनहुँ देवघाटका ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार ४ का ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै लमजुङ जिल्लामा कार्यरत ३ जनामा बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको जनाएको छ ।
