राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेपाली सेना र सशस्त्र प्रहरीले राष्ट्रकविको सम्मानमा सलामी अर्पण गरेको थियो । सेनाले घिमिरेलाई मानार्थ सहायक रथीको उपाधिसमेत दिएको थियो । बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकविको घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको निधन १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे भएको थियो ।