
पोखरा, ३ भदौ । पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म ११ हजार १ सय १८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १२० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय रहेको प्रवक्ता डा गौतमले बताए ।