पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधवार थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं र बर्दियामा १÷१ जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १÷१ जना गरी ४ महिलासहित थप ६ जनाको मृत्यु भएको हो ।



Tags: