निजी अस्पतालले सरकारको निर्णय नमाने पीसीआर ल्याब खारेज गरिदिने

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


पोखरा । निजी अस्पतालहरुले २० प्रतिशत कोरोना संक्रमितको लागि बेड छुट्याउनुपर्ने निर्णय सरकारले गरेको छ । सरकारको निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याए पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको जानकारी दिए ।

आफ्नो निर्देशन नमान्ने निजी अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति नै खारेज गर्ने चेतावनी दिएको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको मंगलबार बसेको बैठकले सरकारको निर्णय नमान्ने अस्पताल तथा मेडिकल कलेजलाई ल्याब सञ्चालन गर्न दिएको अनुमति खारेज गर्ने र निर्णय मान्ने सबैलाई ल्याब सञ्चालन गर्न दिने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।