
पोखरा । पोखरामा कोरोना संक्रमित बढेपछि संक्रमण फैलन नदिन प्रशासनले गए रातिदेखि लागू गरेको निषेधाज्ञाका दिनभर बजार सुनसान रह्यो ।
प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, मासु, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएकाले साँझपख फलफूल तथा तरकारी पसलमा मानिसहरुको भीडभाड निकै बाक्लो देखिएको छ । विगतमा नेपाल बन्दमा जस्तो साँझ ५ बजेपछि बजार तथा सवारी साधन खुलेझैं सवारी साधनहरु पनि सडकमा बाक्लै देखिन्छ ।
तस्विरमा हेरौं चिप्लेढुङ्गास्थित तरकारी पसल तथा सडक पेटीमा राखिएका फलफूल तथा तरकारी किन्नेहरुको भीड । तस्विरः खेम गुरुङ










