जापानमा कोरोना संक्रमण दोस्रो छालको बिचमा, बुधबार थपिए १०७२ संक्रमित

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अगष्ट १९ । जापानका संक्रामक रोग विज्ञहरूले कोरोना संक्रमण दोस्रो छालको बिचमा रहेको भन्दै अवस्था अझै नराम्रो हुन सक्ने चेतावनी दिएका छन् ।

संक्रामक रोग एशोशिएसन जापानले बुधबार गरेको बैठकको छलफलमा विज्ञहरूले आपतकालीन अवस्थामा भन्दा संक्रमण दर र गम्भीर बिरामीको संख्या बढेको भन्दै उक्त चेतावनी दिएको हो । संक्रामक रोगविज्ञ काजुहिरो तातेदाले दैनिक संक्रमणको चार्ट अप्रिल, मे महिनामा बढेकोमा अहिले त्योभन्दा उच्च रही दोस्रो छालको विचमा रहेको भन्दै केही महिनापछि अझै नराम्रो अवस्था आउन सक्ने बताए ।

आर्थिक पूनरुत्थान मन्त्री यासुतोसी निसिमुराले विज्ञहरूको विश्लेषण र मूल्याङ्कनको आधारमा आवश्यक कदम चाल्ने बताए िओसाकाका गभर्नर हिरोफूमी योसिमुराले उच्च जोखिम क्षेत्रबाट सतर्क रही संक्रमण फैलनबाट जोगिन आग्रह गर्दै कोरोनाको लक्षण देखिएमा तुरुन्त परीक्षण गर्नु पर्ने बताए ।

जापानमा बुधबार १ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ क्ष् जापानमा संक्रमित संख्या ५८ हजार ८ सय ४८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५९ हजार ५ सय ६० जना पुगेको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

राति १० बजेसम्मको अपडेट अनुसार ओसाकामा पाँच जना, टोकियोमा तीन जना, आईचीमा दुई जना, फुकुओका, साईतामा,ओकिनावा र इबाराकी प्रान्तमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार १ सय ४६ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार १ सय ५९ जना पुगेको छ । त्यसैगरी ४३ हजार ८ सय ३५ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४४ हजार ४ सय ९४ जना निको भएका छन् ।

संक्रमित मध्ये २ सय ३९ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १८ हजार २ सय ६८ जना पुगेको छ ियहाँ १ सय ८६ जना संक्रमित थपिए भने हालसम्म ३ सय ४७ जनाको मृत्यु भएको छ िओसाकामा संक्रमितको संख्या ७ हजार २ सय ८८ पुगेको छ भने हालसम्म १ सय २२ जनाको मृत्यु भएको छ । ओसाकामा १ सय ८७ जना संक्रमित थपिए ।

त्यसैगरी खानागावामा ९५,आईचीमा ५७, फुकुओकामा १ सय तीन जना संक्रमित थपिए । खानागावामा ४ हजार ८२, आईचीमा ३ हजार ९ सय पाँच, फुकुओकामा ३ हजार ८ सय १ जना पुगेको छ ।

त्यस्तै साईतामामा ६८, चिबामा ४६, ह्योगोमा ५९, होक्काईदोमा आठ, ओकिनावामा ७१ र क्योतोमा ३८ जना संक्रमित थपिए । साईतामामा ३ हजार ३ सय ३९, चिबामा २ हजार ५ सय ६४, ह्योगोमा १ हजार ९ सय ९८, ओकिनावामा १ हजार ७ सय ५९, होक्काईदोमा १ हजार ६ सय ४६ र क्योतोमा १ हजार २ सय दुईजना पुगेको छ ।