पोखरा निषेधाज्ञाको दोस्रो दिन, तीज मनाउन हिँडेकाकोलाई फिर्ता (फोटो फिचर)

-


     मर्दी न्युज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ भदौ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण पोखरा आज (बिहीबार) दोस्रो दिन पनि बिहानैदेखि सुनसान देखिएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि कास्की जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका लागि निषेधाज्ञा लागू गरेको हो । मंगलवार राति १२ बजदेखि लागू भएको यो निषेधाज्ञा ७ भदौसम्म जारी रहने छ ।

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि पोखरामा मानिसहरुको आवत जावत न्युन छ । मुख्य सडकका चोक तथा भित्री बाटोमा समेत प्रहरीको संख्या बढाइएको छ । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन ।

तीज मनाउन विभिन्न गन्तव्यतर्फ जाँदै गरेका सवारीलाई समेत नियन्त्रणमा लिई फिर्ता पठाएको छ । चेकिङमा कडाई हुँदा मानिसको आवतजावत समेत कम देखिन्छ ।

स्थानीय प्रशासनले नै बिहान आठ बजेसम्म तरकारी, दुग्धजन्य तथा किराना पसल खोल्न दिएको छ । जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन । मर्निङ वाकमा समेत ननिस्कन अपिल गरिएको छ ।

पोखराका केही ठाउँमा भने निर्माणका काम पनि भइरहेका छन् । तस्विरमा हेनुहोस् आज दोस्रो दिन पोखराको निषेधाज्ञा । तस्विरः टौबहादुर गुरुङ