
पोखरा । नवलपुरमा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक अध्यावधिक गरेको विवरणअनुसार जिल्लाको गैंडाकोट नगरपालिका २ का ३८ वर्षीय महिला तथा ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १३ का ५५ वर्षीय १ जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपुरमा थप ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ ।