
पोखरा, ४ भदौ । पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बिहीबारसम्म ११ हजार ५ सय ५५ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा ११ हजार ७ सय ६८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ रहेको प्रवक्ता डा गौतमले बताए ।