
फाइल तस्विर
पोखरा, ४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृतकमध्ये दुई महिला र चार पुरुष रहेका छन् । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने १२६ पुगेको हो ।