
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार नियमित मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र नियन्त्रणका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफललाई तिब्र पारेको छ । बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठक बालुवाटारमा बसेको थियो ।