
सन थापा
जापान, ४ भदौ । जापानभित्र संक्रमित संख्या ६० हजार ३३ सय ४८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६० हजार ७ सय ४५ जना पुगेको सञ्चार माध्यम एनएचकेले जनाएको छ । बिहीबार १ हजार १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राति १० बजेसम्मको अपडेट अनुसार ओकिनावामा दुई जना, टोकियो, आईची, फुकुओका, साईतामा, खानागावा, खागोसिमा, तोकुसिमा र इसिखावा प्रान्तमा एक–एक जना गरी ११ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार १ सय ६० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार १ सय ७३ जना पुगेको छ । त्यसैगरी निको हुने संख्या ४५ हजार २ सय ६६ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४५ हजार ९ सय २५ जना पुगेको छ ।
संक्रमित मध्ये २ सय ३७ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या १८ हजार ६ सय सात जना, ओसाकामा ७ हजार ४ सय २० जना, खानागावामा ४ हजार १ सय ८६ जना, आईचीमा ३ हजार ९ सय ८७ जना, फुकुओकामा ३ हजार ९ सय जना पुगेको छ । यी प्रान्तमा क्रमशः ३ सय ३९ जना, १ सय ३२ जना, १ सय चार जना, ८२ जना र ७० जना संक्रमित थपिए ।
त्यसैगरी साईतामामा ७३ जना, चिबामा ६४ जना,ह्योगोमा ३५ जना, होक्काईदोमा २५ जना, ओकिनावामा ४५ र क्योतोमा ४१ जना संक्रमित थपिए । साईतामामा ३ हजार ४ सय १२ जना, चिबामा २ हजार ६ सय २८, ह्योगोमा २ हजार ३३ जना, ओकिनावामा १ हजार ८ सय चार जना, होक्काईदोमा १ हजार ६ सय ७१ र क्योतोमा १ हजार २ सय ४३ जना पुगेको छ ।

