
पोखरा, ५ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ३८ हजार ४३१ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख ७१ हजार १०२ पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३४ लाख ५६ हजार ६५२ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २८ लाख ३६ हजार ९२५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ९० हजार ४७५ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ७४ हजार १७८ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ११ हजार १०० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ४३ लाख ८९ हजार २६२ जना रहेको छ ।