मन्त्रिपरिषद बैठकः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित


काठमाडौं । कोभिड १९ भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न तयारी गरेको छ ।

संक्रमण बढेर संघीय राजधानी रहेको काठमाण्डौ उपत्यकामा निषेधादेश समेत लागु भएको सन्दर्भमा हिजो मन्त्रिपरिषदको बैठकले उपत्यकामै ठूलो आकारको आइसोलेसन कक्ष बनाउने लगायतका तयारी बारे छलफल गरेको छ ।

यसैगरी सरकारी, सामुदायिक र निजी अस्पताल तथा आवश्यक परे होटलहरूमा समेत आइसोलेसन बेड बनाउने विषयमा पनि छलफल भएको छ ।

निजी अस्पताल र मेडिकल कलेजहरुलाइ अनिवार्य आइसोलेशन कक्ष छुटाउन सरकारले यसअघि नै निर्देशन दिइसकेको छ । सरकार संगको समन्वयमा उपत्यकामा ५ हजार बढी क्षमताको आइसोलेशन कक्ष बनाउने तयारी थालिएको जानकारी काठमाण्डौ महानगरपालिकाले समेत दिइसकेको छ ।

यसैगरी हिजोको बैठकमा अन्ताराष्ट्रिय उद्धार उडानबारे समेत छलफल भएको बताइएको छ । तर बैठकका निर्णयहरुको जानकारी औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।