
ललितपुरस्थित पाटन अस्पतालमा आज (शुक्रबार) बिहान कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्था केन्द्र (ललितपुर) का प्रमुख डाक्टर खगेश्वर गेलालले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएकाे हाे।
दोलखाकी ३० वर्षीया महिला भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन भने महिलामा कोभिड–१९ बाहेक पाठेघरको संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए ।
त्यसैगरी साउन ३० गते अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको उनले बताए ।


