गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८२३ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ५ भदौ । पोखरा महानगरपालिकाका १ सहित गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका २७ की ५० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका २ का ३२ वर्षीय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय २३ पुगेको छ । संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।



Tags: