गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ भदौ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४४ जना पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा शुक्रवार नवलपुर, बागलुङ, चितवन र मोरङको गरी २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएकाहरुमा नवलपुर विनयत्रिवेणी ६ नम्बर वडाका ३ महिला र १० जना पुरुष, वडा नं. ७ का २ महिलासहित ३ पुरुष गरी १८ जना रहेका छन् । त्यस्तै बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ का १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै मनाङमा कार्यरत २ जनामा मोरङ विराटनगरका ५७ वर्षीय पुरुष र चितवन भरतपुरका ५१ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको जनाएको छ ।



Tags: