
पोखरा, ५ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रवारसम्म १२ हजार १ सय ३२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा १२ हजार २ सय ३४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २५० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ रहेको प्रवक्ता डा गौतमले बताए ।