पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पद्धिल्लो २४ घण्टामा एक महिलासहित १० जना गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, गोरखा र प्युठानमा गरी थप ११ जनाको मृत्यु भएको हो ।



Tags: