
सन थापा
जापान, अगष्ट २१ । जापानमा शुक्रबार १ हजार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ । जापानभित्र संक्रमित संख्या ६१ हजार ६६ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६१ हजार ७ सय ७८ जना पुगेको छ ।
सञ्चार माध्यम एनएचकेका अनुसार राति १० बजेसम्म ओसाकामा पाँच, आईचीमा तीन, टोकियोमा दुई, खानागावा, ओकिनावा र गिफु प्रान्तमा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार १ सय ७५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार १ सय ८८ जना पुगेको छ । त्यसैगरी निको हुने संख्या ४६ हजार ४ सय ६७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४७ हजार १ सय २६ जना पुगेको छ ।
संक्रमित मध्ये २ सय ४३ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
संक्रमित धेरै भएका ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १८ हजार ८ सय ६५ जना, ओसाकामा ७ हजार ५ सय ८६ जना, खानागावामा ४ हजार २ सय ६८ जना, आईचीमा ४ हजार ७७ जना, फुकुओकामा ३ हजार ९ सय ८७ जना साईतामामा ३ हजार ४ सय ६२ जना पुगेको छ । यी प्रान्तमा क्रमशः २ सय ५८ जना, १ सय ६६ जना, ८२ जना, ९० जना, ८७ जना र ५० जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ५४ जना,ह्योगोमा ३९ जना, होक्काईदोमा १० जना, ओकिनावामा ३० र क्योतोमा ३८ जना संक्रमित थपिए । चिबामा २ हजार ६ सय ८१ जना, ह्योगोमा २ हजार ७२ जना, ओकिनावामा १ हजार ८ सय ३४ जना, होक्काईदोमा १ हजार ६ सय ८१ र क्योतोमा १ हजार २ सय ८१ जना पुगेको छ ।