विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५८ हजार ३६२ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख २० हजार ५१३ पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३५ लाख ३२ हजार ३३० पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २९ लाख ५ हजार ८२५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ९७ हजार २४८ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ७५ हजार ३०८ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १३ हजार ३५८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ४६ लाख २९ हजार ८३१ जना रहेको छ ।