पोखरामा थपिए १३ जना कोरोना संक्रमित

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा आज १३ जना संक्रमितहरू थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पाेखरा महानगरको वडा नं ४ मा २ जना , वडा नं ५ मा १ जना , वडा नं ६ मा २ जा ,वडा नं ८ मा ४ जना , वडा नं ९ , १६ ,२७ र ३० मा एक जना कोरोना संक्रमित थपिए हुन् । यससँगै गण्डकी प्रदेशमा अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ ।



Tags: