
पोखरा, ६ भदौ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण पोखरा आज शनिवार चौथो दिन पनि बिहानैदेखि सुनसान देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गरेसँगै पोखरा सुनसान भएको हो ।
पर्यटकीय नगरी पोखराको लेकसाइड तथा फेवाताल यतिखेर सुनसान छ । कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् ।
प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्लामा सक्रिय केसहरुको संख्या सबैभन्दा बढि छ । आज मात्र जिल्लामा १६ भन्दा बढी संक्रमित थपिएका छन ।
तस्विरमा हेर्नुहोस पोखरा लेकसाइड क्षेत्र आसपासका निषेधाज्ञाको केही फोटोहरु । तस्विरः खड्ग गुरुङ ।
















