
ध्यान कुलुङ
सङ्खुवासभा, ६ भदौ । जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आईसोलेसन वार्डमा तोढफोड भएको छ । जिल्लाका तीन जना संक्रमितलाई राखिने भए पछि शुक्रबार राती आईसोलेसन वार्डमा तोडफोड गरिएको हो ।
कोरोना संक्रमितहरुलाई राख्नको लागि सम्पूर्ण मापडण्ड सहितको आईसोलेसन कक्षको साँचो काटेर भित्र प्रवेश गरी तोडफोड गरिएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्यामझाले जानकारी दिए । आईसोलेसन कक्षका अत्यावश्यक सामग्रीहरु चोरि भएको समेत निमित्त मेसु झाले जानकारी दिए । झाकाअनुसार आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्रीचोरी भएको हो । अज्ञात समुहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थानपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामाग्रीचोरी भएको अस्पतालका मेसु झाले बताए ।
यसै बीच, हिमालयकिरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसन वार्डमातोडफोड भएपछि क्याम्पस प्रमुख डाक्टर मात्रिका प्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानकालागि डाक्टर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्लाप्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । डाक्टर तिम्सिनाको घटना अघिका केही अभिब्यक्तिकाकारण उनलाई पक्राउगरि अनुसन्धान सुरु गरिएको निरीक्षक राईले स्पष्ट पारे । घटनामा संलग्नअन्यको पनि खोजीभईरहेको राईको भनाई छ ।
सोमबार धर्मदेवीनगरपालिका–४ पिलुवा खोलामा बनाईएको क्वारेन्टाइनमा रहेका धर्मदेवीनगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीयपुरुष र अर्को २२ वर्षीय एक पुरुषमा समेत कोरोनापोजिटिभ देखिएको हो । उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण गरिएकोे आईसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।
क्याम्पसको आईसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनः मर्मत गरेर कोरोना संक्रमितहरुको उपचार भईरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर तीन जनाको उपचार भईरहेको उनको भनाई छ । कोरोनापुष्टि भएको चौथो दिनमा उनीहरुलाई आईसोलेसनमा ल्याईएको हो । गोरखापत्र अनलाइन

