
पोखरा, ६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै पर्साका ४८, ५८ र ६१ वर्षका पुरुष रहेका छन् भने बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेको प्रवक्ता गौतमले बताए ।