
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार आज भदौ ६ गते साँझ ४ः४५ बजे अध्यक्षद्वयलाई प्रतिवेदन बुझाइएको छ ।
नेकपाका अध्यक्षद्वयको अनौपचारिक छलफलपछि साउन ३० गते महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले लगातारको छलफलपछि प्रतिवेदन तयार पारेको हो । अब उक्त प्रतिवेदन दुई अध्यक्षले छलफलपछि सचिवालय बैठकमा पेस गर्नेछन् ।
कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो ।

