
सन थापा
जापान, ६ भदौ । जापानमा हालसम्म मृतकको संख्या १ हजार १ सय ८१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार १ सय ९४ जना पुगेको छ । राति १० बजेसम्म आईचीमा दुई, फुकुओका, साईतामा, ओसाका र तोयामा प्रान्तमा एक(एक जना गरी छ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।
त्यसैगरी निको हुने संख्या ४७ हजार ६ सय २२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४८ हजार २ सय ८१ जना पुगेको छ ।
शनिबार ९ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६२ हजार ४६ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६२ हजार ७ सय ५८ जना पुगेको छ ।
संक्रमित मध्ये २ सय ४३ जनाको अवस्था गम्भीर रहेको बताईएको छ
संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १९ हजार १ सय २१जना, ओसाकामा ७ हजार ५७ सय २० जना, खानागावामा ४ हजार ३ सय ६९ जना, आईचीमा ४ हजार १ सय ४६ जना, फुकुओकामा ४ हजार ५५ जना, साईतामामा ३ हजार ५ सय २८ जना पुगेको छ । यी प्रान्तमा क्रमशः २ सय ५६ जना, १ सय ३४ जना, १ सय एक जना, ६९ जना, ६८ जना, र ६६ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ४३ जना,ह्योगोमा ३३ जना, होक्काईदोमा १७ जना,ओकिनावामा ३१ र क्योतोमा २५ जना संक्रमित थपिए । चिबामा २ हजार ७ सय २४ जना, ह्योगोमा २ हजार १ सय पाँच जना, ओकिनावामा १ हजार ८ सय ६४ जना, होक्काईदोमा १ हजार ६ सय ९८ र क्योतोमा १ हजार ३ सय छ जना पुगेको छ ।