कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३ हजार ३९७ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ७६ हजार ३४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख १४ हजार २५० जनाको ज्यान गएको छ । धेरै ज्यान गुमाउने देशको सूचिमा तेस्रो स्थानमा रहेको मेक्सीकोमा ६० हजार २५४ जना रहेको छ भने चौथो स्थानमा रहेको भारतमा ५५ हजार ७९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ३१ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख ३० हजार ३४५ पुगेको छ ।