भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको रेकर्डअनुसार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ८७६ संक्रमित थपिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक हो ।

भारतको सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो । महाराष्ट्रमा ६ लाख ५७ हजार ४५० जना संक्रमितको पुष्टि भएको छ भने हालसम्म २१ हजार ६९८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै दोस्रो प्रभावित राज्यमा तामिलनाडु छन् भने तेस्रोमा आन्ध्राप्रदेश छने । तालिम नाडुमा ३ लाख ६७ हजार ४३० जनामा संक्रमण पुष्टि भइसेका छन् भने आन्ध्राप्रदेशमा ३ लाख ३४ हजार ९४० जना संक्रमितको पुष्टि भइसकेको तथ्याङ्कमा उल्ल्ेख छ ।

भारतमा आइतबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५५ हजार ७९४ पुगेको छ भने
कुल संक्रमितको संख्या २९ लाख ७५ हजार ७०१ पुगेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९४५ कोरोना संक्रमितको मृत्यु भएको छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । धेरै नागरिक गुमाउनेको सूचिमा भने भारत अमेरिका, ब्राजिल, मेक्सिको पछि चोथो स्थानमा रहेको छ ।



Tags: