
पोखरा, ७ भदौ । पोखरा महानगरपालिकामा आज आइतबार बिहानै २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३० र ३२ वर्षीय महिला रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

