पोखरामा जारी निषेधाज्ञा ५ दिन लम्ब्याउन सिफारिश

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते बुधबारबाट जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ । कोरोना संक्रमण संख्या बढेसँगै निषेधाज्ञा गरिएको हो ।

निषेधाज्ञा थप्ने वा हटाउने विषयमा आज भएको पोखरा महानगरपालिकाको कोरोना रोकथाम मुल समितिको बैठकले ५ दिन थप गर्ने निर्णय भएको स्रोतले जनाएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतमा भर्खरै सम्पन्न बैठकले निषेधाज्ञा ५ दिन लम्ब्याउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
गत बुधवारदेखि जारी गरिएको निषेधाज्ञा प्रभावकारी भएको निर्णय गर्दै थप ५ दिन लम्ब्याउन जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उपप्रमुख गुरुङ पोखरा महानगर कोरोना रोकथाम मुल समितिकी संयोजक हुन् ।