
पोखरा, ७ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराका इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार ३ः२५ बजे जारी गरेको अध्यावधिक विवरण अनुसार ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
केहिदिन देखि अघिदेखि होटल क्वारेन्टाइनमा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको शर्माले जनाए ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ ।
गण्डकी प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा ५० र क्षयरोग उपचार केन्द्र, पोखरामा ३६३ गरि कुल ४१३ नमुना परीक्षण भएको निर्देशनालयले जनाएको छ ।
