२४ घण्टामा ८१८ जना कोरोना संक्रमण, २८१ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म १३ हजार १ सय ५५ जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २८१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: