
सन थापा
जापान, अगष्ट २३ । जापानमा आईतबार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित संख्या ६२ हजार ७ सय ९१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६३ हजार ५ सय तीन जना पुगेको छ । त्यसैगरी मृतकको संख्या १ हजार १ सय ९० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय तीन जना पुगेको छ । राति ११ बजेसम्म आईचीमा तीन, फुकुओकामा दुई, ओकिनावा, खागोसिमा, तोकुसिमा र इसिखावा प्रान्तमा एक–एक जना गरी नौ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।
त्यसैगरी निको हुने संख्या ४८ हजार ५ सय ५० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४९ हजार २ सय दुई जना पुगेको छ ।
संक्रमित मध्ये २ सय ५४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १९ हजार ३ सय ३३ जना, ओसाकामा ७ हजार ८ सय ४१ जना, खानागावामा ४ हजार ४ सय १९ जना, आईचीमा ४ हजार १ सय ९६ जना, फुकुओकामा ४ हजार १ सय १८ जना, साईतामामा ३ हजार ५ सय ५९ जना पुगेको छ ियी प्रान्तमा क्रमशः २ सय १२ जना, १ सय २१ जना, ५० जना, ५० जना, ६३ जना, र ३१ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ३६ जना, ह्योगोमा २४ जना, होक्काईदोमा १४ जना, ओकिनावामा २५ र क्योतोमा १३ जना संक्रमित थपिए । चिबामा २ हजार ७ सय ६० जना, ह्योगोमा २ हजार १ सय २९ जना, ओकिनावामा १ हजार ८ सय ८९ जना, होक्काईदोमा १ हजार ७ सय १२ र क्योतोमा १ हजार ३ सय १९ जना पुगेको छ ।

