विश्वमा कोरोना सङ्क्रमण निको हुनेको संख्या डेढ करोड नाघ्यो

-


     मर्दी न्युज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ भदौ । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या डेढ करोड नाघेको छ । २ करोड ३३ लाख ४२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १ करोड ५० लाख ५६ हजार १ सय १ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा ब्राजिल पहिलो स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म २९ लाख ४७ हजार ७८४ जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने भारतमा २२ लाख ८० हजार ५६६ जना रहेका छन् । त्यस्तै कोरोना निको हुने राष्ट्रको तेस्रो स्थानमा रहेको अमेरिकामा १९ लाख ९७ हजार ७६१ जना रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
यस्तै रुसमा ७ लाख ६८ हजार ९०६, दक्षिण अफ्रिकामा ५ लाख ६ हजार ४७०, मेक्सिकोमा ४ लाख ५३ हजार १०४ जना उपचारपछि निको भएको तथ्याङ्क छ ।

हालसम्म विश्वमा कुल ८ लाख ७ हजार १ सय ३४ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।



Tags: