तीन सुरक्षाकर्मीसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा सोमवार बिहान थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा नवलपरासी (ब.सु.पू.) जिल्लाको विनयत्रिवेणी १ का ६ वर्षीया बालिकासहित २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै तनहुँ जिल्लाको व्यास नगरपालिका ५ का २६ वर्षीय पुरुष र शुक्लागण्डकी ४ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।


यस्तै बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ का दुई जना २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिकाका वडा नखुलेको २० वर्षीय युवक र स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नखुलेकै ३७ वर्षीय एक पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा १ हजार ८ सय ८८ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

स्याङ्जा जिल्लाको र तनहुँ व्यास नगरपालिका १ को गरी २ जना नेपाली सेनामा कार्यरत व्यक्ति हुन् भने म्याग्दी जिल्लाको बेनी नगरपालिकाका संक्रमित नेपाल प्रहरीमा कार्यरत भएको निर्देशक डा. शर्माले जानकारी दिए । अन्य संक्रमितहरु सबै कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएका संक्रमितहरु भएको उनले जनाए ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमण भई निको हुनेको संख्या १६१२ पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: