
पोखरा, ८ भदौ । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २४६ महिला र ४९७ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म १३ हजार ७ सय १५ जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख १० सय ४६९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १७५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ रहेको प्रवक्ता डा गौतमले बताए ।