
काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी विवाद समाधानका लागि अध्यक्षद्वले कार्यदल गठन गरे । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन बुझाईसकेको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनमा एउटा अध्यक्षले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्षले पार्टीको काम सञ्चालन गर्ने भन्ने उल्लेख छ । यसैगरी, प्रतिवेदनमा महाधिवेशनको तयारी गर्ने,पार्टी एकताको काम पूरा गर्ने, महाधिवेशनको कार्ययोजना बनाउने रहेको छ । मन्त्रिमण्डल पुनर्गठन गर्ने, प्रचलित मान्यता अनुसार राजनीतिक नियुक्तिहरू गर्नेलगायत पनि प्रतिवेदनमा छन ।
पार्टीमा उत्पन्न समस्या समाधानका लागि विभिन्न कुराहरू ,स्थायी कमिटीमा उठेका विभिन्न कुराहरूको सम्बन्धमा राय सुझाव दिइएको छ । पार्टीमा उत्पन्न समस्या, अन्तरविरोधको समाधान खोज्ने र पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने आशयबाट प्रतिवेदन उल्लेख गरिएको छ ।
नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न केहीदिन अघि गठित कार्यदलमा महासचिव विष्णु पौडेल संयोजक र स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल छन् ।