जापानमा कोरोना संक्रमण दर घट्दै, मृत्युदर बढ्दै

-


     मर्दी न्युज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


सन थापा

जापान, अगष्ट २४ । जापानमा कोरोना संक्रमण दर घट्दै गएको छ । सोमबार ४ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो करीव एकमहिनापछिको सबैभन्दा कम संख्या हो । गत जुलाई २० गते ४ सय १८ जना संक्रमित भएकोमा त्यसपछि दैनिक १ हजारभन्दा बढी संक्रमण दर बढ्दै आएको थियो । हालसम्म जापानभित्र संक्रमित संख्या ६३ हजार २ सय ८१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६३ हजार ९ सय ९५ जना पुगेको छ ।

त्यसैगरी मृत्युदर भने केही बढेको छ । गत जुन १९ मा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको थियो भने त्यसपछि केही घटेकोमा पछिल्लो समय फेरी बढ्न थालेको हो । सोमबार राति १० बजेसम्म खानागावा र ओकिनावामा चार–चार जना, टोकियो र ओसाकामा दुई–दुई जना र फुकुओकामा एक जना गरी १३ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ हजार २ सय तीन र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय १६ जना पुगेको छ । सञ्चार माध्यम एनएचकेले जनाएको छ ।
त्यसैगरी निको हुने संख्या ४८ हजार तीन सय ४० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ४९ हजार ९ सय ९९ जना पुगेको छ ।

संक्रमित मध्ये २ सय ५९ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १९ हजार ४ सय २८ जना, ओसाकामा ७ हजार ९ सय एक जना, खानागावामा ४ हजार ४ सय ५८ जना, आईचीमा ४ हजार २ सय ३९ जना, फुकुओकामा ४ हजार १ सय ६९ जना, साईतामामा ३ हजार ५ सय ८९ जना पुगेको छ । यी प्रान्तमा क्रमशः ९५ जना, ६० जना, ३९ जना, ४३ जना, ५१ जना, र ३० जना संक्रमित थपिए ।

त्यसैगरी चिबामा २७ जना, ह्योगोमा आठ जना, होक्काईदोमा आठ जना, ओकिनावामा २२ र क्योतोमा सात जना संक्रमित थपिए । चिबामा २ हजार ७ सय २० जना, ह्योगोमा २ हजार १ सय ३७ जना, ओकिनावामा १ हजार ९ सय ११ जना, होक्काईदोमा १ हजार ७ सय २० जना र क्योतोमा १ हजार ३ सय २६ जना पुगेको छ ।