विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ६६ हजार ५०२ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५७ लाख ३८ हजार ५६ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३६ लाख २२ हजार ८६१ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा ३१ लाख ६ हजार ३४८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ११ हजार ४०९ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ७७ हजार २२९ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १५ हजार ३०९ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ५२ लाख ४८ हजार ३४८ जना रहेको छ ।



Tags: