पोखरामा थप चार जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


Mardi News

पोखरा, ९ भदौ । पोखरा महानगरपालिकामा आज मंगलवार बिहानै ४ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमितहरुमा पोखरा महानगरपालिका १३ का ३० वर्षीय दुई जना पुरुष, २८ का ३४ वर्षीय पुरुष र २९ का ३६ वर्षीया महिला रहेका छन् ।

वडा नं. १३ का २ जना संक्रमित भने भारतबाट आएका हुन् भने अन्य वडाका कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशक डा. शर्माले जनाए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९५ पुगेको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ (निको हुने दर ८६.४९ प्रतिशत) रहेको निर्देशनालयले जनाएको छ ।



Tags: