
बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। उनको सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।
एक हप्ताअघि घरको छतबाट लडेर टाउकोमा रगत जमेका उनलाई युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले भीम अस्पताल रिफर गरेको पारिवारिक सदस्यले बताएका छन् । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो।