२४ घण्टामा ८५५ जना कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म १४ हजार २ सय ५० जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख २१ सय ९०१ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: