
फाइल तस्विर
पोखरा, ९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।
योसँगै मृतकको कुल संख्या १६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।