
पोखरा । गण्डकी प्रदेशका ३ जिल्लामा मंगलबार दिउँसो ५ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार मनाङमा २, पर्वतमा २ र बागलुङमा थप १ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मनाङको ङिस्याङ गाउँपालिकाका ५१ वर्षे शिक्षक र चामेका ४९ वर्षे स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
यसैगरी पर्वतको फलेवास ७ का २२ वर्षीय पुरुष र ३ का ३५ पुरुष र बागलुङको बागलुङ नगरपालिका ३ की ५४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशभर सक्रिय संक्रमित संख्या २ सय ६६ पुगेको छ । यससँगै गण्डकीमा १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६३९ (८५.६७ प्रतिशत) रहेको निर्देशनालयले जनाएको छ ।

